२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

महाकुलुङ गाउँपालिकालाई एम्बुलेन्स प्राप्त



भारतीय दूतावासले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

भारत विकास साझेदारी अन्तरगत एम्बुलेन्स प्राप्त भएको गाउँपालिका अध्यक्ष सूर्य बहादुर राईले बताए ।

गाउँपालिका स्वास्थ्य शाखाले २०७८ साल १९ मा पठाएको आवेदनको आधारमा भारतीय दूतावासले एम्बुलेन्स प्रदान गरेको हो ।

प्राप्त एम्बुलेन्स महाकुलुङ आधारभूत अस्पताल मातहतमा सञ्चालनमा ल्याइने स्वास्थ्य शाखा प्रमुख हरि आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ४ : १९ बजे