२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

हिंसा, साइबर अपराध, सामाजिक सञ्जालको प्रयोगबारे सोलुदुधकुण्डका विद्यार्थीलाई अभिमुखीकरण



सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका न्यायिक समितिको आयोजनामा सगरमाथा माध्यमिक विद्यालय, च्याल्साबाट सुरु गरिएको विद्यार्थी लक्षित चेतनामूलक कार्यक्रम प्रभावकारी बनेको छ ।

नगर उपप्रमुख गान्धी मायाको तामाङको संयोजकत्वमा भएको कार्यक्रमको उद्देश्य सूचना प्रविधि को दुरुपयोगबाट उत्पन्न हुने हिंसा, साइबर अपराध, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, र कानुनी संरक्षणका विषयमा विद्यार्थीहरूलाई जानकारी दिनु रहेको  छ ।कार्यक्रमले डिजिटल दुनियाँप्रति सचेत रहनुपर्ने आवश्यकता औँल्याएको छ।

विशेष गरी युवापुस्तालाई लक्षित गर्दै सञ्चालित यो अभियानले सुरक्षित डिजिटल व्यवहारको महत्त्व झल्काएको छ। डिजिटल माध्यमको सदुपयोग, अनलाइन सुरक्षा, कानुनी अधिकार र दायित्वसम्बन्धी जानकारीले सहभागीहरूलाई जागरूक बनाएको छ।

उपप्रमुख तामाङले न्यायिक समितिले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्। युवालाई साइबर सुरक्षामा सक्षम बनाउन यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको सहभागीहरूको धारणा थियो।

आजको कार्यक्रममा १ सय १० जना भन्दा बढीको सहभागिता रहेको थियो । भोलि यो कार्यक्रम जुनबेशीमा सञ्चालन गरिनेछ । 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ४ : ३२ बजे