२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

देवकुमारले गरे दृष्टिबिहिन आमाघरका ७० जनालाई खाद्यान्न तथा लत्ताकपडा सहयोग



काठमाडौँ । अस्ट्रेलियामा बस्दै आएका समाजसेवी देव कुमार पाख्रिनले काठमाडौँको गोकर्णेश्वर १, सुन्दरीजल नयाँ पाटीमा सञ्चालित दृष्टिबिहिन आमा घर सामाजिक संस्थामा आश्रय लिँदै आएका ७० जनालाई सहयोग गरेका छन् ।

शुक्रवार कलाकार तथा समाजसेवी माया थामीको नेतृत्वमा संस्थामा रहेका बालबालिका देखी बृद्धबृद्धालाई खाद्यान्न तथा लत्ताकपडा साथै विद्यार्थीलाई स्कुलका लागी आवश्यक पर्ने स्टेशनरीका सामग्री (कपि, कलम) जुत्ता लगायतका सामाग्रीहरू प्रदान गरिएको हो ।

सहयोगले दृष्टिबिहिन आमा घर सामाजिक संस्थामा आश्रय लिँदै आएकाहरूमा खुसीको सञ्चार गरेको कलाकार तथा समाजसेवी माया थामीले बताइन् ।

उनी लेख्छिन्, ‘दृष्टिबिहिन आमा घर एक सामाजिक संस्था हो, यहाँ रहनुभएका बालबच्चा, आमाबुबाहरूलाई आवश्यक परेको लत्ता कपडा देखि कपि किताबहरू सहयोग गरिएको छ । यो कार्यमा जोडिनुभएका बिशेषगरी अस्ट्रेलियामा रहनुहुन देव कुमार सरसँगै व्यवस्थापक प्रसून थिङ तामाङ, सञ्जय मगर लगायतलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।’

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ८ : ५५ बजे