२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोला १७ सयले घटेर तोलाको एक लाख ९३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको २१६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ११ : २८ बजे