२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

डा. मुकुल ढकालको रिटमा अन्तरिम आदेशका लागी दुवै पक्षलाई छलफलमा बोलाउने आदेश



काठमाडौँ । सर्वोच्च अदालतले डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीकै रूपमा काम गर्न पाउँ भन्दै दायर गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेशका लागी दुवै पक्षलाई असार १७ गते छलफलमा बोलाउने आदेश दिएको छ ।

डा. ढकालले आफू रास्वपाको महामन्त्री रहेको दाबी गर्दै सो हैसियतमा काम गर्न र गराउन पाउँ भन्दै रिट दायर गरेका थिए । उनले रिटमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् ।

रिटमा उनले रास्वपाको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाएका छन् ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  २ : २४ बजे