काठमाडौँ । मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर नेपालमा आश्रय लिएर एसइई दिएकी एक छात्राले आज प्रकाशित नतिजा अनुसार ३.७० जिपिए (ए प्लस) ल्याएकी छिन् ।
उनी अध्ययरत बुद्ध माध्यमिक विद्यालयमा द्धितीय भएकी छिन् । त्यस्तै, मामाघर अनाथालयबाटै एसइई दिएकी अर्की छात्राले २.९३ जिपिए (बि प्लस) ल्याएकी छिन् । उनले कितिनी सेकेण्डरी स्कुलबाट एसइई दिएकी थिइन् ।
मानव सेवा फाउण्डेशनले सञ्चालन गर्दै आएको गैर नाफामूलक संस्था मामाघर अनाथालयमा आश्रय लिएर पढेका छात्राहरुले उत्कृष्ट जिपिए ल्याएर उत्तिर्ण भएको खबरले आफू हर्षित भएको विजय कृष्ण मूर्ति जी महाराजले बताए ।
मामाघर अनाथालयले अनाथ बालबालिकालाई आश्रय, पालनपोषणका साथै शिक्षादिक्षामा पनि समान अवसर प्रदान गर्दै आएको छ ।

























