२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

रास्वपाद्वारा प्रधानमन्त्री ओलीको सम्बोधन बहिष्कार



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभाको सम्बोधन बहिष्कार गरेको छ ।

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले आफ्नो विदेश भ्रमणलगायत समसामयिक विषयमा सम्बोधन शुरु गर्ने भएपछि रास्वपाले संसद बहिष्कार गरेको हो । सभामुखले प्रधानमन्त्री ओलीलाई सम्बोधनका लागि बोलाएसँगै रास्वपाका संसद ले नाराबाजी गर्दै संसद बहिष्कार गरेका हुन् ।

प्रधानमन्त्री ओली आजै २१ जना प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेनको भ्रमणमा जान लागेका छन् ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  १२ : ३७ बजे