२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

महाकुलुङ वडा ४ को प्रशासनिक भवन उद्घाटन



सोलुखुम्बु । महाकुलुङ गाउँपालिका वडा नं ४ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ ।

शुक्रवार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङले रिबन काटेर वडा भवनको उद्घाटन गरेका हुन् । सेवा प्रवाह पूर्व कुलुङ समुदायको संस्कार अनुसार पूजा समेत गरिएको थियो । नयाँ भवनबाट सेवा प्रवाहमा सहजता भएको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष सरस्वती कुलुङको अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष बिपना कुलुङ, अन्य वडाका वडाध्यक्षहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू लगायतका सरोकारवालाको उपस्थिति रहेको थियो ।

सोही अवसरमा नेपाल स्काउट कोसी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग तथा वडा कार्यालयको समन्वयमा गुदेल माध्यमिक विद्यालयको आयोजना गरिएको नेपाल स्काउट कार्यक्रमको समापन समेत गरिएको थियो ।
इमानदारी र कुशल, शिष्ट आचरण रही सकारात्मक सोच सहित अघि बढाउनका लागि गुदेल माविका १२ जना भन्दा बढी बिद्यार्थीहरुलाई नेपाल स्काउटबारे प्रशिक्षण गरिएको विद्यालयका प्रधानाध्यापक छलकराम राईले जानकारी दिए ।

सोही दिन आधारभूत स्वास्थ्य केन्द्र, तुमाउले वडा कार्यालयमै सञ्चालन गरेको स्वास्थ्य शिविरमा ३७ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  १ : ३७ बजे