२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

सुदर्शन आचार्यद्वारा लिखित पूजा विधि पुस्तक ‘सरल रुद्री’को विमोचन



काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुदर्शन प्रसाद आचार्यद्वारा लिखित पूजा विधि पुस्तक ‘सरल रुद्री’को विमोचन गरिएको छ ।

आइतबार गोकर्णेश्वर नगरपालिका ७ शिव चोकमा आयोजित २२ औँ धान दिवस विशेष रोपाइँ उत्सव २०८२ मा गोकर्णेश्वरका मेयर दीपक कुमार रिसाल र राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले पुस्तक सरल रुद्रीको विमोचन गरिएको हो ।

रुद्र भगवानको पूजाआजाका लागि सरल मन्त्र समावेश गरिएको छ । लेखक आचार्यका अनुसार संस्कृत र नेपाली दुवै भाषामा मन्त्रलाई लिपिबद्ध गरिएको छ ।

‘सरल रुद्री’ पुस्तक चाहिएमा लेखक आचार्यलाई ९८५१२७८२६६ मा सम्पर्क राख्न सक्नुहुनेछ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १० : ११ बजे