२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025

तातोपानी नाकाबाट ल्याइयो हेलिकप्टर


२० असार २०८२, शुक्रबार  

6
Shares

रसुवा । चीनबाट तातोपानी नाका हुँदै हेलिकप्टर भित्र्याइएको छ ।

माउन्टेन हेलिकप्टर प्रालिले चीनमा किनेको हेलिकप्टर तातोपानी नाका हुदै नेपाल भित्र्याएको हो । फ्रान्सको एयरबस कम्पनीमा निर्मित एयरबस बिथ्री हेलिकप्टर नेपाल ल्याएको हो ।

चीनमा उडान भरिरहेको होलिकप्टर कम्पनीले खरिद गरेर चीनबाटै नेपाल ल्याएको कम्पनिले जनाएको छ ।

आकाशबाट उडाएर ल्याउदा झण्डै दशहजार किलोमिटरको यात्रा तय गर्नुपर्ने र निकै खर्चिलो पनि हुने भएकाले हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको छ ।

यसअघि माउन्टेन हेलिकप्टरले एउटा हेलिकप्टर कलकत्ता बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौँ ल्याएको थियो ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ११ : ०५ बजे