२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025

भारतको हिमाचलमा वर्षाले अहिलेसम्म ४३ जनाको मृत्यु, ३७ जना बेपत्ता


२० असार २०८२, शुक्रबार  

4
Shares

काठमाडौँ । भारतको हिमाचल प्रदेशमा वर्षाका कारण अहिलेसम्म ४३ जनाको मृत्यु भएको र ३७ जना बेपत्ता भएको छ ।

हिमाचल प्रदेशको विपद व्यवस्थापन विभागले प्रदेशमा जुन १९ मा मनसुन आएसँगै त्यसपछि निरन्तर वर्षा र धेरै ठाउँमा बादल फाटेर धेरै क्षति भएको जनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

त्यस्तै मनसुनको समयमा सडक दुर्घटनाका कारण २६ जनाको मृत्यु पनि भएको बताइएको छ । हिमाचल प्रदेशमा बर्षका कारण ५०० करोड भन्दा बढीको सम्पत्तिमा क्षति पुगेको छ ।

वर्षाले हिमाचलको मन्डी जिल्लालाई सबैभन्दा बढी असर गरेको छ । यस जिल्लामा अहिलेसम्म २० जनाको मृत्यु भएको छ र ८० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

हिमाचल प्रदेशको मन्डी क्षेत्रमा भारी वर्षाका कारण ब्यास नदी बाढी आएको छ। यसैबीच, भारत मौसम विज्ञान विभागले जुलाई ७ सम्मको लागि अलर्ट जारी गरेको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ३ : ०३ बजे