१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

नेवारी गीत ‘असार या महिना स’ को भिडियो सार्वजनिक



काठमाडौँ । अदिति कलेक्सन मल्टिपर्पोज प्रा.ली.को ब्यानरमा दि लाइफ एक्सप्रेस मुभी मेकर्सले बजारमा ल्याएको भिडियोलाई ओ. एस. आर. मूभिजले युट्युब मार्फत सार्वजनिक गरेको छ । 

विश्व कीर्तिमानी गीतकार सुरेन्द्र महर्जन अमरले लेखेको गीतलाई नेपाल भाषामा तयार पारिएको छ । यो ऐतिहासिक नेवारी कला संस्कृतिमा आधारित असारे महिना सम्बन्धी बर्से गीत हो । जुन गीतमा बहुप्रतिभाशाली सङ तकार सूर्य राई दनुवारको मधुर सङ्गीत र चर्चित गायक गायिका क्रमशः  शङ्कर लाल श्रेष्ठ तथा दिलु श्रेष्ठको सुमधुर आवाज सुन्न सकिन्छ।

भिडियो तर्फ चलचित्रमा समेत व्यस्त निर्देशक रोशन के श्रेष्ठद्वारा  निर्देशित यस भिडियोमा अहिलेका लोकप्रिय मोडेल जुना कार्की तथा स्थापित कलाकार शङ्कर लाल श्रेष्ठ स्वयम् गायकले नै यस गीतमा मोडलिङ गरेका छन् भने अर्का लोकप्रिय इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेल, छत्र शाही लगायतका टिम पनि यो भिडियोमा देख्न सकिन्छ।

यस भिडियोमा नगरकोट भ्रमण वर्ष २०८२ को प्रवर्द्धनको लागि नगरकोट बजार लगायत मण्डन देउपुर नगरपालिका कुन्ताबेसी, ढाईटार जस्ता स्थानमा छायाङ्कन गरिएको हो । भिडियोको पोष्ट प्रोडक्सनको काम विष्णु आचार्यले गरेका हुन् ।

हाम्रो जस्तो कृषि प्रधान देश र विविधता जाती, धर्म, परिवेश तथा कला संस्कृतिको अनुपम नमुना भएको राज्यमा  यो असारे महिना सम्बन्धी नेवारी भिडियोले नेपाली साङ्गीतिक दुनियाँमा एक अलग्गै पहिचान बनाउने निर्माण पक्षको दाबी छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १० : २६ बजे