१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

‘नमस्ते ढोगदिया’को सफलतापछि कविताले ल्याइन् ‘फिरफिरे पुतली’



काठमाडौँ। गायिका कविता खत्री,सुमित्रा कोईराला र हरि गिरी (विमर्शी) को सहकार्यमा नयाँ तिज भाका सार्वजनिक भएको छ। तिज गीत कविता खत्रीकै युट्युब च्यानलमार्फत सार्वजनीक गरिएको छ।

गीत गायिका कबिता खत्रिकै युट्युब च्यानलमार्फत सार्वजनीक गरिएको छ। गायिका कविता खत्रीले यसअघि ‘नमस्ते ढोगदिया’ गीत सार्वजनिक गरेकी थिइन् । जुन निकै चर्चामा आएको गीत पनि हो ।

करिब एक घन्टा अघि सार्वजनिक भएको ‘फिरफिरे पुतली’ले (यस्तो पो हो त तिज गित) लगायतका निकै सकारात्मक प्रतिक्रिया आईरहेको छ। पछिल्लो समय भड्किलो,दुईअर्थ दिने सुन्न र हेर्ने नसकिने तिज गित बजारमा आईरहेको बेला ‘फिरफिरे पुतली’ले मौलिकपन झल्काएको छ।

घुम्रेको कपाल पारेर सिदा, छाडेर हिड्दा दुनियाँ फिदा..
भिरैको बारी डालिया घास ,घास झारिदिने मान्छेको आश..
बारुले कम्मर भाच्यो कि नाई ?
फिरफिरे पुतली नाच्यो कि नाई बाई ..
लगायतका शब्द समेटेर गाउघरको अर्गानिक माया-प्रेमका कुरा प्रस्तुत गर्न खोजेको छ। सुमित्रा कोईरालाको शब्द-संगीत,कविता खत्री,सुमित्रा कोईरला र हरि गिरी (विमर्शी) को सुमधुर आवाजमा तयार भएको यस तिज भाकामा विक्रम चौहानको कोरियोग्राफी र निर्देशन रहेको छ।

गीतको भिडियोमा संचिता बोलाखे,रायन बस्याल र स्वयम् कविता खत्रीको अभिनय रहेको छ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ९ : २८ बजे