१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, मुख्य न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

तिनै जनालाई संसदीय सुनुवाई समितिले आजै अनुमोदन गरेको थियो ।

न्याय परिषदको जेठ २६ गतेको बैठकले सर्वोच्च अदालतको तीन न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, मुख्य न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ६ : २५ बजे