१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

टिका पुनको तिज भाका ‘अभागी करीम’



काठमाडौँ । लोकप्रिय गायिका टिका पुनको सुमधुर आवाजमा तिज गीत ‘अभागी करीम’ सार्वजनिक भएको छ। यस सुमधुर तिज गीतले एक चेलीको बेदना पोखिरहेको छ। गीतमा

भन्थेउ आमा दुख पछि सुख फर्की आउछ,
मलाई किन करीमले सधै पाखा लाउछ….

मनमा पहिरो खसेको छ आखाबाट झरी,
तिम्रो छोरी भाछे बाबै पिंजडाको चरी….
यति ठुलो संसारै भरिमा मेरै रैछ अभागी करीम ..
लगायतका मार्मिक शब्द समेटिएको छ। डम्बर चन्दको शब्द, शक्ति चन्दको संगीत रहेको यस गीतमा समिप निरौला र आशा विश्वकर्माको अभिनय रहेको छ।

यो गित आज आशा विश्वकर्मा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। पछिल्लो समय तिजको नाममा भड्किला ,सुन्नै नसकिने गितहरु बजारमा आइरहदा यो गीतले मौलिकता झल्काएको देखिन्छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  १ : ०२ बजे