१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

पशुपति विराट ज्ञान महायज्ञ सुरु हुँदै


२ श्रावण २०८२, बिहिबार  

8
Shares

काठमाडौँ । यज्ञ शिरोमणि वाल योगेश्वर श्री विजय कृष्णमूर्ती श्री महाराजको सङ्कल्पमा आज देखि पशुपति क्षेत्रमा ‘श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञको सुरुवात हुदैछ ।

आज दिउँसो १ बजे उद्घाटन राखिएको महायज्ञको सम्पूर्ण तयारी सकिएको आयोजक मानव सेवा फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले गत वर्ष साउन महिनाभर पशुपति कोटिहोम भव्य रूपमा सम्पन्न गरेको थियो भने पोखरामा गण्डकी कोटिहोम भर्खरै सम्पन्न गरेको छ ।

आगामी भदौ २१ सम्म चल्ने महायज्ञमा महायज्ञमा दिनबन्धु पोखरेल, माता राधिका दासी, देवी प्रतिभा, चन्द्रकला सखी, अनुराधा पाण्डेय सहित सयौँ साधु–सन्त, कथा व्यास र कलाकारहरूको सहभागिता रहनेछ ।

प्रारम्भिक चरणमा सागर आचार्य, शीतल कृष्ण महाराज, आदियोगी गौतम स्वामी, अमृत शरण देवाचार्य लगायतले कथा वाचन गर्ने कार्यक्रम रहेको आयोजक जनाएको छ ।

फाउन्डेसनद्वारा सञ्चालित मामाघर आश्रम ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भक्तपुरको निर्माणाधीन भवन तथा फाउन्डेसनको अक्षयकोष स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले महायज्ञको आयोजना गर्न लागिएको हो ।

प्रकाशित मिति : २ श्रावण २०८२, बिहिबार  ९ : ०७ बजे