१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

चाक्सीबारीमा काँग्रेसका सात भाई (फोटो फिचर)



काठमाडौं । नेपाली काँग्रेसमा गुटगत भेलाले तिब्रता पाएको छ । डा. शेखर कोइरालाले शेरबहादुर देउवापछि पार्टीको नेतृत्व आफुले लिनेदेखि वर्तमान सरकारनै ढाल्ने प्रयास गरिरहेका बेला प्रकाशमान सिंहले पनि सक्रियता बढाएका छन् ।

उपप्रधान एवम् सहरी विकासमन्त्री समेत रहेका सिंहले आफ्नो निवासमा नेताहरुसँग छलफल अगाडी बढाएका हुन् । काँग्रेसमा पछिल्लो पटक सात भाईको उपनाम बनाएका नेताहरु सिंहसहित विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान, कृष्णप्रसाद सिटौला, शशांक कोइराला र डा. प्रकाशशरण महत चाक्सीबारीमा छलफलमा जुटेका हुन ।

सिंहले आउदो महाधिवेशनमा सभापतिमा दाबि गर्ने रणनीति बनाएको र सभापति बन्ने इच्छा सार्बजनिक रुपमै व्यक्त गरिसकेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८२, सोमबार  ५ : ४९ बजे