१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता



सुर्खेत । जाजरकोटमा निर्माण कार्यमा संलग्न एउटा टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।

जाजरकोटको नलगाड नगरपालिका अन्तर्गतको दल्लीबाट रिम्नातर्फ जाँदै गरेको यती बिल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४, पिपलचौरस्थित भेरी नदीमा खसेको हो ।

इलाका प्रहरी कार्यालय रिम्नाका अनुसार टिपरमा चालकसहित तीन जना सवार थिए । उनीहरू सबैको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ ।

घटनापछि रुकुमपश्चिम र जाजरकोटबाट प्रहरी टोली परिचालन गरिएको छ तर भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । हालसम्म बेपत्ता व्यक्तिहरूको नाम र ठेगाना खुल्न सकेको छैन ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बुधबार  ११ : १५ बजे