१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

वाईसिएल सोलुखुम्बुको इञ्चार्जमा रस्बिन मगर



काठमाडौं । नेकपा माओवादी केन्द्रको निकट संगठन योङ कम्युनिष्ट लीग (वाईसिएल) नेपालले सोलुखुम्बु जिल्लाको इञ्चार्जमा रस्बिन मगरलाई जिम्मेवारी दिएको छ ।

देशभरका जिल्लाहरूमा इञ्चार्जहरूको जिम्मेवारी तोक्ने क्रममा वाईसिएल नेपालका केन्द्रीय सदस्य समेत रहेका मगरलाई सोलुखुम्बु जिल्लाको इन्चार्ज तोकिएको हो ।

यो सँगै स्थानीय स्तरमा संगठन सुदृढीकरण, युवाको परिचालन र पार्टीको नीतिलाई जनस्तरसम्म पुर्‍याउने कार्यमा सक्रिय भूमिका अपेक्षा गरिएको छ।

मगरले आफूले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । जिल्ला इन्चार्जको रुपमा उनको यो दोस्रो जिम्मेवारी हो ।

वाईसिएल केन्द्रीय समितिद्वारा सार्वजनिक गरिएको सूचीअनुसार प्रदेश १ अन्तर्गतका १४ वटै जिल्लामा इञ्चार्ज तोकिएको हो।

प्रकाशित मिति : ८ श्रावण २०८२, बुधबार  ५ : ५१ बजे