सोलुखुम्बु । सोलुखुम्बुको दुई स्थानीय तह सोताङ र महाकुलुङ गाउँपालिकाका नागरिकलाई सेवा प्रदान गर्दै आएको इलाका प्रशासन कार्यालयको प्रमुखको जिम्मेवारी नईन्द्र बस्नेतलाई प्रदान गरिएको छ ।
जिम्मेवारी पाएसँगै बस्नेतले शुक्रवारबाट सेवा प्रवाह सुरु गरेको सहकर्मी झलक राईले जानकारी दिए । बिचमा अवरुद्ध सेवा अब उपरान्त निरन्तर पाइने आसमा दुधकोशी पारीका सर्वसाधारणले खुसी व्यक्त गरेका छन् ।
त्यस्तै, लामो समय उपस्वास्थ्य चौकीको कार्यालय सहयोगी कार्यरत रहेको तर आन्तरिकबाट सहकारीमा प्रवेश बस्नेतलाई प्रशासन कार्यालय सोताङको स्थानीय प्रमुखको जिम्मेवारी दिएको छ।
























