काठमाडौँ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौं उपत्यकामा बसोबास गरिरहेका आफ्ना पालिकाबासीहरूको सहजताका लागि काठमाण्डौको सुकेधारा स्थित नवदुर्गा पाटी प्यालेसमा एकीकृत सेवा प्रवाह शिविर सञ्चालन गरेको छ। साउन १० गतेदेखि सुरु भएको यो शिविर १२ गतेसम्म सञ्चालन हुनेछ।
९ वटा वडा कार्यालयले एउटै मिति र स्थानमा सेवा दिँदा असक्त, अपांगता भएका नागरिकलाई ठूलो राहत पुगेको छ भने अन्य सेवाग्राहीका लागि पनि समय र खर्चको बचत भएको छ।
शिविरमा उनीहरुले सामाजिक सुरक्षा भत्ता दर्ता तथा नविकरण, मालपोत तथा भूमि कर संकलन, पञ्जिकरण सम्बन्धी सेवा, राष्ट्रिय परिचय पत्र वितरण, जेष्ठ नागरिक परिचयपत्र र वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सिफारिसहरु प्राप्त गर्नेछन् ।
पहिलो दिन कतिले लिए सेवा ?
वडा नम्बर- १ नेले
सामाजिक सुरक्षा भत्ता नविकरण- ९
जन्मदर्ता – २
नाता प्रमाणित – १
मालपोत – ३
वडा नम्बर- २ काङ्गेल
सामाजिक सुरक्षा भत्ता नविकरण – १५
मालपोत – ७
विबाह दर्ता -१
वडा नम्बर-३ पन्चन
नविकरण- १४
सिफारिस १
वडा नम्बर- ४ जुबु
सामाजिक सुरक्षा नविकरण- १३
वडा नम्बर- ५ जुबु
सामाजिक सुरक्षा भत्ता नविकरण- ११
अन्य सिफारिस- १
वडा नम्बर-६, मुक्ली
सामाजिक सुरक्षा भत्ता नविकरण -९ जन
बिबाहदर्ता – २
जन्मदर्ता- ३
मृत्युदर्ता- १
वडा नम्बर ७ देउसा
सामाजिक सुरक्षा भत्ता नविकरण- १७
जन्मदर्ता- ६
बिबाह दर्ता – १
मालपोत – १३
अन्य सिफारिस -३
वडा नम्बर ८ देउसा
नविकरण- २७
मालपोत- ३
विबाहदर्ता – २
जन्मदर्ता – ३
वडा नम्बर-९ लोखीम
सामाजिक सुरक्षा भत्ता नविकरण- १६
मालपोत – १०
जन्मदर्ता- ३
बसाइँसराइ- १
अन्य सिफारिस – ७ वटा
राष्ट्रियपरिचयपत्र वितरण – १७३
























