सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपालिका र मातहतका शाखाबाट चलान हुने पत्रमा सकराती समुदायको वर्ष अनुसारको ‘येलेदोङ’ उल्लेख गरिने भएको छ ।
बुधबार पालिका अध्यक्ष सुर्य बहादुर कुलुङको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले पालिकाबाट चलान हुने पत्रमा किराती समुदायको वर्ष अनुसार ‘येलेदोङ ५०८६’उल्लेख गर्ने निर्णय गरेको छ ।
सोही बैठकले महाकुलुङ १ मा शिशु स्याहार केन्द्र सञ्चालन गर्ने, चालु आर्थिक वर्षको कार्यक्रम अनुसार आगामी २०८३ बैशाख २५ गते पालिका भित्रका शिक्षक, विद्यालय र विद्यार्थीलाई सम्मान गर्ने निर्णय गरेको छ ।
त्यस्तै, गुदेल स्वास्थ्य चौकीमा ल्याब असिस्टेन्ट निुक्त गर्ने लगायतका ११ वटा ऐजेण्डामा छलफल गरी निर्णयमा पुगेको पालिका प्रशासनले जनाएको छ ।

























