काठमाडौँको गोकर्णेश्वर नगरपालिका ५ मा अवस्थित पर्ल्स इङ्लिस एकेडेमीले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत एसइईका विद्यार्थीलाई बिदाइ तथा पुरस्कार वितरण कार्यक्रमका साथै दीक्षान्त समारोह सम्पन्न गरेको छ। विद्यालयकी प्रिन्सिपल अमृता सापकोटाले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरिन् ।

कवि कञ्चन पुडासैनी प्रमुख अतिथि थिए । विशेष अतिथिहरूमा साहित्यकार अच्युत पौडेल, समाजसेवी उत्तम पुडासैनी, नयाँ बस्ती युवा क्लबका अध्यक्ष एवं सञ्चारकर्मी चन्द्र मणि गौतम, सञ्चारकर्मी नेपालका प्रवक्ता शिखर श्रेष्ठ, पर्ल्स टोल सुधार समितिका अध्यक्ष अर्जुन कार्की तथा भक्त क्षेत्री लगायतका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।

एकेडेमीका निर्देशक पद्मा रिजालले अध्यक्षता गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव सापकोटा र संस्थापक अध्यक्ष पुण्य रिजालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो भने बिदाइ हुन लागेका विद्यार्थीहरूलाई मायाको चिनो सहित शुभकामना दिइएको थियो। अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझै अर्थपूर्ण र स्मरणीय बनाएको थियो।

































