१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

मिस मिथिलानारी नेपाल आयोजना हुँदै


१४ जेष्ठ २०८३, बिहिबार  

6
Shares

काठमाडौँ । सौन्दर्य प्रतियोगीता मिस मिथिलानारी नेपाल २०२६को आयोजना हुने भएको छ । आयोजक थर्ड आई स्टुडियोज प्रालिले मंगलबार प्रेसमिट गर्दै ब्युटि पेजेन्टबारे जानकारी गराएको हो ।

मिस मिथिलानारी नेपाललाई ‘द ब्युटी अफ मिथिला’ नारा दिइएको छ । प्रतियोगिताले मिथिला संस्कृति, परम्परा, भाषा, पहिचान तथा महिला सशक्तीकरण प्रवर्द्धनमा जोड दिने बताइएको छ । प्रेस मिटमा प्रतियोगिताको उद्देश्य, कार्यक्रमका विशेषता, अडिसन विवरण तथा आगामी गतिविधिबारे आयोजक संस्थाका प्रमुख हरिश जायसवालले जानकारी दिए ।

जायसवालका अनुसार मिस मिथिलानारी नेपाल एक ब्युटि पेजेन्टमात्र नभएर मिथिला क्षेत्रका नारीहरुलाई सशक्तीकरणमा जोड दिने, मिथिला संस्कृतिको पहिचान गर्ने तथा नारीहरुलाई आत्मनिर्भर गराउने जस्ता कुराहरुलाई जोड दिइनेछ । उनले भनेका छन्, यसअघि मिथिलाबारे यस्तो प्रतियोगीता भएका छैनन्, यो हाम्रो उद्देश्यले मिथिला नारीहरुलाई ठुलो सहयोग तथा अवसरको रुपमा रहनेछ ।

प्रतियोगीताको अडिसन फर्म खुलिसकेको जानकारी गराइएको छ । फर्म भर्न चाहनेहरुले ईसेवा एपमार्फत भर्न सकिने बताइएको छ । साथै अडिसन यहि जेठको १६ गते जनकपुर र त्यसपछि काठमाडौंमा हुने बताइएको छ । डिजिटलमार्फत फर्म नभर्नेहरुले सिधै अडिसनस्थलमै पनि सोहिदिन फर्म भर्न सक्नेछन् ।

आयोजकका अनुसार मिथिला नारीहरु मात्र नभई सम्पुर्ण नेपालीहरुले सहभागीता जनाउन सक्नेछन् । मिथिला भाषाको सामान्य ज्ञान भएकाहरुलाई पनि सहभागीताका लागी आह्वान गरिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ९ : ५९ बजे