३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

नोरा फतेही काठमाडौं आउँदै, यस्तो छ टिकट दर


१२ बैशाख २०८२, शुक्रबार  

2
Shares

काठमाडौं । भारतकी चर्चित डान्सर नोरा फतेही नेपाल आउने भएकी छिन् । नेपालमा ह्युमन रेक्स्पेक्ट नेपाल नामको एक संस्था छ, जसले बिभिन्न अनाथ, असाहायहरुका लागी काम गरिरहेको छ ।

शिक्षा बाट बन्चित भएकाहरुका लागी निशुल्क पढाइरहेको छ । यसै संस्थाको सहयोगार्थ उक्त कार्यक्रम हुन लागेको हो । त्यसै कार्यक्रमममा नोराले आफ्नो डान्स देखाउनेछिन् । कार्यक्रमको आयोजना भने वल्र्ड वाइड फिल्मस् नेटवर्क प्रा.लीले गर्दैछ ।

डान्सर नोराले नेपाली फ्यानका लागी एक भिडिओ सन्देश पनि पठाएकी छिन् । जसमा उनले काठमाडौंमा पहिलोपटक आफ्नो डान्स देखाउन पाउँदा खुसी लागेको र टिकटक काट्नका लागी सबैलाई आग्रह गरेकी छिन् ।

नोरा कहिले र कहाँ आउँदैछिन् ?
नोरा यहि आउँदो जेठ ३ गते शनिबार, मे १७ तारिखमा काठमाडौंको बौद्धमा रहेको होटल हायातको ग्राउण्डमा भब्य स्टेज बन्दैछ । त्यसै स्टेजमा नोराले आफ्ना चर्चित गीतहरुमा कम्मर मर्काउनेछिन् । आयोजक संस्था वल्र्ड वाइड फिल्मस् नेटवर्कका अध्यक्ष देब मगरका अनुसार कार्यक्रममा १५ हजार बढी दर्शकको अपेक्षा गरिएको छ ।

टिकट दर २ हजार देखी ६८ हजारसम्म
कार्यक्रममा टिकट टर साधारणमा २ हजार रुपैंया, फ्यान पिट टिकटमा ४ हजार रुपैंया, भिआईपी टिकटकमा ७ हजार रुपैंया, भिभिआईपी टिकटमा १६ हजार रुपैंया र ग्रुपमा आउन चाहनेहरुले ५ देखी ६८ हजारसम्मको टिकट रहेका छन् । जुन खल्ती मोबाइल एपबाट टिकट खरिद गर्न सकिन्छ । कार्यक्रमका लागी साँझ ४ बजेपछि गेट खुल्नेछ । 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ४ : ४५ बजे