३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

थुलुङ दुधकोशीमा कवि गोष्ठी तथा जिल्ला स्तरीय कविता प्रतियोगिता हुने



सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा बृहत् कवि गोष्ठी तथा जिल्ला स्तरीय कविता प्रतियोगिता हुने भएको छ ।

नवगठित थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठानको आयोजनामा आगामी जेठ १६ गते पालिकाको केन्द्र मुक्लीमा कवि गोष्ठी तथा जिल्ला स्तरीय कविता प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगितामा सहभागी हुन इच्छुक जिल्ला भित्रका कविहरूले जेठ १० गते भित्र कविता पठाइसक्नु पर्नेछ । प्रतियोगितामा गद्य र पद्य शैलीमा लेखिएको कवितालाई समावेश गरिनेछ भने समसामयिक विषयमा लेखिएको मौलिक कवितालाई प्राथमिकता राखिने र कविता बढीमा १५० शब्दको हुनुपर्ने नियम तोकिएको छ । 

प्रतियोगितामा सहभागी हुने कविता अप्रकाशित, अप्रसारित र कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनुपर्ने थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ संयोजक सुवास संगम राईले जानकारी दिए । कविता   मेलमा पठाउन सकिने छ ।

कवि गोष्ठीमा अतिथि कविबाट कविता वाचन हुने छ भने प्रतियोगीताका उत्कृष्टलाई नगद पुरस्कारको समेत व्यवस्था मिलाइएको छ । शीर्ष चार कविलाई प्रमाण पत्रको साथमा नगद ३० हजार, २० हजार, १५ हजार र ५ हजार पुरस्कार प्रदान गरिने थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव नवीन्द्र राईले जानकारी दिए । 

थुलुङ दुधकोशी गाउँपालिका प्रज्ञा प्रतिष्ठान गठन गर्ने जिल्लाकै पहिलो पालिका हो ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १२ : ०१ बजे