३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

दोस्रो गोकर्णेश्वर महोत्सव : शुक्रवार दुर्गेश थापा र शनिवार मंगोलियन हर्टको प्रस्तुति रहने



काठमाडौँ । गोकर्णेश्वर नगरपालिका ४ हनुमान चोकमा जारी दोस्रो गोकर्णेश्वर महोत्सवमा शुक्रवार र शनिवार बेजोड साङ्गीतिक कार्यक्रम हुदैछ । वैशाख १९ गते उद्घाटन गरिएको महोत्सव जेठ ३ सकिँदै छ ।

महोत्सवको अन्तिम दुई दिन भव्य साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको छ । शुक्रवार स्टेज पर्फमर दुर्गेश थापाको प्रस्तुति रहने आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले जनाएको छ । दुर्गेश वर्तमान समयका स्टेज किङ बनेका छन् । उनको दुस्मन हेरेको हेरै ग्लोबल हिट छ ।

त्यस्तै, शनिवार मंगोलियन हर्टको प्रस्तुति रहने छ । राजु लामा र उनको ब्यान्डको बेजोड प्रस्तुति रहने औद्योगिक शान्ति नेपाल संस्थाका वरिष्ठ उपाध्यक्ष राज कुमार खड्काले जानकारी दिए ।

महोत्सवमा एक सय बढी लत्ताकपडा, भाँडाकुँडा, खेलौना, खाद्यान्न, कृषि औजार, शृङ्गार सहित खानेकुराहरूको स्टल राखिएको छ । बालबालिकाको लागि बाल उद्यान सञ्चालनमा ल्याइएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, बिहिबार  ११ : ३९ बजे