काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली सम्मानित भएका छन् ।
पाँचौँ राष्ट्रिय साधना म्युजिक अवार्ड वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौलीलाई सम्मान गरिएको हो ।
सुर्खेतको वीरेन्द्र नगरपालिका ५ मा २०३७ सालमा जन्मिएका गौली उपसचिवको रूपमा कार्यरत छन् ।
२०६६ चैत्र १९ गते निजामती सेवामा प्रवेश गरेका उनले दुरदराजसम्म पुगेर जनताको सेवा र विकास निर्माणमा उल्लेख भूमिका निर्वाह गरेका छन् ।
कर्तव्यनिष्ठ कर्मचारीको छवि बनाएका गौलीलाई लोक संस्कृति संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै पाँचौँ राष्ट्रिय साधना म्युजिक अवार्ड वितरणको अवसरमा सम्मान गरिएको हो ।
सम्मान पछि गौलीले सम्मानले निजामती सेवामा दत्तचित्त भएर लाग्न ऊर्जा थपेको प्रतिक्रिया दिए ।

























