३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

सज्जु मानन्धरको स्वरमा’सबैलाई छोडेर’सार्वजनिक


२१ जेष्ठ २०८२, मंगलबार  

2
Shares

काठमाडौँ । नेपाली भाषाका गायक सज्जु मानन्धरको स्वरमा रहेको ‘सबैलाई छोडेर’ बोलको गीतको रिमेक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौँको रन्जना सिनेप्लेक्समा एक कार्यक्रमकाबिच भिडियो सार्वजनिक गरिएको हो । सो अवसरमा बोल्दै बरिष्ठ गीतकार तथा कार्यक्रमका सभापति दिनेश अधिकारीले २४ वर्ष अघि निर्माण गरिएको म्यूजिक भिडियो परिमार्जित गरेर निर्माण गर्दा झनै उत्कृष्ठ बनेको भन्दै निर्माण यूनिटलाई शुभकामना व्यक्त गरे ।

गायक सज्जु मानन्धरले २४ वर्षपछि सोही गीत्मा पुरानै टिमसँग जोडिएर काम गर्दा मज्जा नै बेग्लै भएको बताउँदै रमाइला पक्षहरुकाबारेमा खुलेर आफ्ना रोचक किस्सा सुनाएका थिए । संगीतकार जुगल डंगोलले सबैलाई छोडेर नयाँ साज सज्जाका साथमा अझै परिस्कृत र समय सान्र्दभिक भएको बताएका थिए ।

भिडियोका निर्देशक कृष्णदेव रुपाखेतीले २४ वर्ष अघि आँफुले निर्देशक गरेको भिडियोमा फेरी जोडिन पाउँदा खुशी व्यक्त गरेका थिए । उनले २४ वर्ष अघिको समय र अहिलेको परिवर्तित समयमा प्रबिधिको विकाशसँगैको काम गर्दा आँफु पनि समयसँगै रुपान्तरित भई सबैलाई छोडेरसम्म आईपुग्दा आफ्नो कामबाट सन्तुष्ट रहेको बताए ।

‘सबैलाई छोडेर’का अभिनेता बिन्दे मर्हजनले पनि आफ्ना रमाइला अनुभवका बारेमा बोलेका थिए । भिडियोमा बिन्देसँग नायिका प्रियंका कार्कीको रोमान्टिक अभिनय देख्न सकिन्छ । डाक्टर राजु मानन्धरका शब्द सृजना रहेको सबैलाई छोडेरमा जुगल डंगोलको संगीत रहेको छ । सार्वजनिक गीतका गीतकार डाक्टर मानन्धर ललितकला क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन् भने हाल उनी अष्ट्रेलियामा प्राध्यापनको क्षेत्रमा क्रियाशिल छन् ।

सार्वजनिक गीतको छायांकन उत्सब दाहालले गरेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका हुन् । कार्यक्रम गायक सज्जु मानन्धरकी स्वर्गिय आमा गंगादेवी मानन्धरको स्मृतिमा आयोजना गरिएको थियो । कार्यक्रममा सभापतिका रुपमा साहित्यकार स्नेह सायमी, बरिष्ठ संगीतकार राजु सिंह, गायक सज्जु मानन्धरका पिता दिलबहादुर मानन्धर, बरिष्ठ तथा पाका गायक भिम तुलाधर, लोकप्रिय संचारकर्मी सुष्मा श्रेष्ठ, सुमन सायमी लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

भव्य रुपमा सम्पन्न कार्यक्रममा निर्माण यूनिटका सदस्य तथा कार्यक्रममा उपस्थित बरिष्ठ व्यक्तिहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रम केडी रुपाखेती क्रियशनको आयोजनामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, मंगलबार  ५ : ५७ बजे