३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ५ सयले बढेर तोलाको एक लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले बढेर २०७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बुधबार  १० : ५७ बजे