३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

सोलुदुधकुण्डका कृषकलाई कृषि यन्त्र र फापरको बिउ वितरण


२४ जेष्ठ २०८२, शुक्रबार  

8
Shares

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले रैथाने वाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषि यन्त्र र फापरको बिउ वितरण गरिएको छ ।

शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै नगरले नगरप्रमुख नाम्गेल जाङबु शेर्पा र उपप्रमुख गान्धीमाया तामाङले सोलुदुधकुण्ड नगरपालिका वडा नं १० का अगुवा कृषक समूहहरूलाई ९ थान मिनी टिलर, ६ थान थ्रेसर, ७ थान कम्बाइन मिल वितरण गरिएको छ ।

यस कार्यक्रमले कृषकहरूलाई आधुनिक कृषि प्रविधिको प्रयोग मार्फत उत्पादन वृद्धि तथा आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शुक्रबार  १० : ०८ बजे