३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

वाईसीएलको अध्यक्षमा पुष्प ओली चयन


२४ जेष्ठ २०८२, शुक्रबार  

2
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाही सर्वसम्मत चयन भएका छन् ।

काठमाडौंमा भएको तेस्रो सम्मेलनले ओलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

वाईसिएलको अध्यक्षमा केयरसिंह कुँवर, पुष्प ओली, गणेश शाही, कर्म पुलामी र नवराज ऐरलगायत आकांक्षी रहेका थिए ।

२०४३ साल पुस ७ गते दाङमा जन्मिएका ओली २०५७ सालदेखि अनेरास्ववियु (क्रान्तिकारी) मा लागेका थिए ।

यस्तै महासचिव गणेश शाही चयन भएका छन् । अन्य पदमा घोषणा हुन बाँकी रहेको बताइएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शुक्रबार  १० : ११ बजे