काठमाडौँ । माओवादी केन्द्रसम्वद्ध वाईसीएल केन्द्रीय समितिमा सोलुखुम्बुबाट ३ जना सदस्य चयन भएका छन् ।
पुष्प ओलीको अध्यक्षमा चयन गरिएको कार्य समितिमा रस्बिन मगर, तमुना राई र सुजन राई सर्वसम्मत चयन भएका छन् ।
मगरले यसअघि पनि केन्द्रीय सदस्य बनेर जिल्ला इन्चार्जको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
वाईसीयलको नवनिर्वाचित कार्यसमितिले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

























