३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

‘गोथे’लाई अब’सकस’सिरियलमा देख्न पाइने


३१ जेष्ठ २०८२, शुक्रबार  

116
Shares

काठमाण्डौं। लामो समय जुठे सिरियलबाट आफ्नो पहिचान बनाएको ‘गोथे’ पात्र लाई अब ‘सकस’ सिरियलमा देख्न पाइने भएको छ। जुठेबाट आफ्नो यात्रा टुङ्गिएपछि ‘गोथे’ पात्रलाई राजु पौडेल (राजु मास्टरले) आफ्नै सिरियल सकसमा मुख्य पात्रको स्थान दिने भएका हुन्।

‘सकस’ सिरियल राजु पौडेलले नै लेखन निर्देशन र अभिनय गर्दै आएका छन्। अब उनकै अर्को लोकप्रिय पात्र ‘गोथे’लाई पनि सकस कै मुख्य कथामा राख्न लागिएको राजुले बताए ।

‘जुठेमा गोथेलाई देख्न नपाएपछि धेरै दर्शकको चाहना पनि भयो। यो मायालाई मध्यनजर गर्दै मैले सकसमा गोथे ल्याउने निर्णय गरेको हुँ।’ राजुले भने । ‘सकसमा यसअघि मैले गरेका अन्य पात्र यथावतै रहनेछन् भने गोथेलाई पनि कथामा मिलाएर नै निरन्तरता दिनेछु।’ अब ९४ भागबाट सकसमा देख्न पाइने उनले बताएका छन्।

राजु यतिबेला आफ्नो टिम सहित पोखरामा ‘सकस’को छायांकनमा छन्। सकसका अन्य कलाकारहरू यथावत छन् भने पोखराका केही कलाकारहरू जोडिएको राजुले बताएका छन्।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार  २ : ०५ बजे