३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

सोलुखुम्बुका ४ आरोही सम्मानित


३१ जेष्ठ २०८२, शुक्रबार  

18
Shares

काठमाडौँ । सोलुखुम्बुका तर्फबाट सगरमाथा आरोहण गर्ने ४ जनालाई सम्मान गरिएको छ । नेकपा एमाले सोलुखुम्बु-काठमाडौँ सम्पर्क मञ्चद्वारा आज शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल सरकारका रक्षा मन्त्री मानवीर राईले आरोहिहरुलाई सम्मान गर्नु भएको हो ।

यस वर्षको आरोहण सिजनमा सफलतापूर्वक आरोहण गरेका पेम्बा शेर्पा, मिलन खालिङ राई, दाजाङबु शेर्पा तथा कुन्साङ छोपेल शेर्पालाई सम्मान पत्र सहित मञ्चले बधाई ज्ञापन गरेको छ । रक्षा मन्त्री राईले सोलुखुम्बु जिल्लाको सामान्य परिवारमा जन्मेर पनि सगरमाथा आरोहणको यात्रामा निस्कने साहसिक निर्णय लिने मनहरू प्रति उच्च सम्मान रहेको बताउनु भयो ।

वहाँले भन्नुभयो ‘सगरमाथा आरोहण गर्न धेरै पैसा चाहिन्छ भन्ने कुरा थाहा हुँदै गर्दा पनि मध्यम परिवारका तर्फ यसरी साहसिक निर्णय गर्नु गौरवको विषय हो ।’ आरोही पेम्बा शेर्पाले आफूले मिर्गौला प्रत्यारोपण गरेर पनि हिमाल आरोहण गरेर आफू जस्तै मिर्गौला पीडितहरूलाई जीवनमा हार्न नहुने सन्देश दिएको बताउनु भयो ।
कार्यक्रम मञ्चका अध्यक्ष खड्ग बहादुर राईको अध्यक्षता तथा मन्त्री राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार  ८ : ११ बजे