३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

प्रेम बाबु बनले ल्याए ‘आँसुले बगायो’


३२ जेष्ठ २०८२, शनिबार  

240
Shares

काठमाडौँ । सर्जक तथा गायक प्रेम बाबु बनले र्‍याप गीत आँसुले बगायो सार्वजनिक गरेका छन् । बनकै शब्द, सङ्गीतमा गीत तयार भएको छ ।

विशाल निरौलाको एरेन्ज रहेको गीतमा नेहा उप्रेती, रमिला बन र प्रतिमा आचार्यको कोरस भोकल रहेको छ ।

ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको भिडियो निर्देशन सृजन बराल (रिषी)ले गरेका छन् । भिडियोमा परिकल्पना र कथा गायक बनकै छ ।

भिडियोका सिनेमेटोग्राफर महेश महरा हुन् भने सम्पादन र कलर अमृत चापाँगाइले गरेका छन् । भिडियोमा प्रेम बाबु बन, हेमराज अधिकारी, गजेन्द्र गजमेर, ओम कार्कीले लगायतले अभिनय गरेका छन् ।

डाँडाकाँडा रोइसक्यो, पातहरू झरी सक्यो
नयाँ पात पलायो,
सुखका दिनहरू हाम्रो आँसुले बगायो

र्‍यापमा बढ्दो भ्रष्ट्राचार, गाउँ रित्तिएको यथार्थ, जातीय विभेद, राजनीति लुछिखाने भाँडा बनाएको विषयलाई व्यङ्ग्य हानिएको छ ।

सबै प्रकारका गीत सृजना र गायनमा दक्खल राख्ने प्रेम बाबुको यो रेकर्ड भएको तेस्रो सृजना हो । एक आधुनिक गीत सार्वजनिक हुन बाँकी छ भने आमा म परदेशी छोरो यसअघि बजारमा ल्याइसकेका छन् ।

भिडियो लिंक

प्रकाशित मिति : ३२ जेष्ठ २०८२, शनिबार  १२ : २९ बजे