२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

निलो सल लगाएको नियमापत्ति भएछ, संसदबाट निकालियोस्- सोविता गौतम



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले संसदमा निलो सल लगाएको विषय नियमापत्ति भएछ भन्दै संसदबाट निकाल्न चुनौती दिएकी छन् ।

सामाजिक सञ्जालमा सांसद गौतमले रास्वपा शान्त र सभ्य विरोधमा उभिने उल्लेख गर्दै नयाँ पुस्तालाई, सांसद कुट्न, कुर्सी भाँच्न र माइक फोड्न नआउने बताएकी छन् ।

उनले भनेकी छन्-
सत्ताको संरक्षणमा नेपाली बेचिएको विषयमा निष्पक्ष उच्चस्तरीय छानबिन समितिको मागसहित हामी निरन्तर संसदमा आन्दोलनरत छौँ । विरोधका आयाम अनेकौं हुन्छन्, रास्वपा शान्त र सभ्य विरोधमा उभिन्छ ।

आज मानव तस्करीविरुद्धको ऐक्यबद्धता स्वरूप निलो सल लगाएर आएको, नियमापत्ति भएछ । हुन्छ, संसदबाट निकालियोस् ।

तर, नयाँ पुस्तालाई, सांसद कुट्न आउँदैन। (कांग्रेस विरोधमा हुँदा प्र.म. केपी शर्मा ओलीलाई कुट्न आएकै घटना आर्काइभमा कैद छ), कुर्सी भाँच्न आउँदैन, माइक फोड्न आउँदैन ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ४ : ३० बजे