२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

महाकुलुङमा स्थानीय तहमा एकीकृत प्रारम्भिक बालबिकासको योजना तर्जुमा कार्यशाला सम्पन्न



सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङमा स्थानीय तहमा एकीकृत प्रारम्भिक बालबिकासको योजना तर्जुमा कार्यशाला २ दिने गरिएको हो।

महाकुलुङ गाउँपालिकाको आयोजना, चाइल्ड नेटवर्क फाउन्डेसन र सेतो गुराँस राष्ट्रिय बालबिकास सेवाको सहकार्य तथा सहजीकरणमा कार्यशाला सम्पन्न भएको हो ।

कार्यशालामा गाउँपालिका अध्यक्ष सुर्य बहादुर राईको अध्यक्षता र उपाध्यक्ष पाँचै वटै वडाअध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत खरिधन राई, शिक्षा अधिकृत, पशु शाखा प्रमुख, कृषि शाखा प्रमुख, रीड नेपाल शिक्षा अधिकृत अर्पण रेग्मी, सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको जिल्ला कार्यक्रम अधिकृत देखि अफिसर सिनियर सहजकर्ता स्थानीय विद्यालयका प्रधानाध्यापक लगायत बाल क्लब, स्थानीय विद्यालयका मेन्टर र अन्य आबद्ध संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

स्थानीय तहका सरोकारवालाहरूलाई एकीकृत प्रारम्भिक बालबिकासको अवधारणा जानकारी, प्रारम्भिक बालबिकास क्षेत्रमा विभिन्न पक्षबाट भएका कार्यहरू एकीकृत गर्न, प्रारम्भिक बाल्यावस्थाका सर्वाङ्गीण विकासको अधिकारलाई सुनिश्चित गर्न स्थानीय तहको भूमिका प्रवर्द्धन गर्न, स्थानीय तहमा तर्जुमा वार्षिक तथा आवधिक योजनामा प्रारम्भिक बालबिकासहरुको क्षेत्रमा लगानी अभिवृद्धि गरी गुणस्तर ल्याउने सहयोग गर्ने कार्यशालाको उद्देश्य हो ।

गर्दै जारी लगानी बाटो ठुलो, पुल, भवन मन्दिरमा थप लगानी, प्रारम्भिक विकास र प्रारम्भिक विकासमा लगानी, राष्ट्र विकासको थालनी यी दुई नारा तय गरिएको छ ।

कार्यशालाबाट गाउँपालिका अध्यक्ष सुर्य बहादुर राईको अध्यक्षतामा ११ जना विषयगत शाखाको समिति गठन गरिएको छ। त्यस मध्ये प्रारम्भिक बालबिकास सवार्ङ्गिन विकासलाई शिक्षा, स्वास्थ्य, पोषण, सरसफाइ, विविध व्यवस्थापन, कृषि पशुपंक्षि, एकीकृत रूपमा अवधारणा स्पष्टता ल्याउन, आगामी आर्थिक वर्ष २०८२ ८३ लागि १५ लाख वरिपरि बालबिकास योजना ल्याउन संस्था र स्थानीय सरकार प्रतिबद्ध देखिएको छ ।

गर्भ अवस्था देखि ८ वर्ष सम्मका सबै बालबालिकाको सर्वोत्तम हित तथा सवाङ्गिण विकासको अधिकारलाई सुनिश्चितता गर्न स्थानीय सरकार प्रतिनिधि, सेवा प्रदायक संस्था, विद्यालय, अभिभावक, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रको विकासको लागि आ आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्दछौँ भनी ३६ जनाले हस्ताक्षर समेत गरेका छन् ।

कार्यशालाको सहजीकरण सेतो गुराँस राष्ट्रिय बालबिकास सेवाका सिनियर सहजकर्ता रित्तीका ढकाल र जिल्ला कार्यक्रम अधिकृत लगायतको टिमले गरेको थियो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ८ : २३ बजे