सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपालिका माध्यमिक विद्यालय र आधारभूत विद्यालयका यौन श्रोत शिक्षकको क्षमता अभिवृद्धि गर्नका लागि सञ्चालित ३ दिने यौन प्रजनन स्वास्थ्य विषयक पुर्नताजगी तालिम सम्पन्न गरिएको छ । पालिकाको सहकार्यमा इको हिमालले आयोजना गरेको तालिममा महाकुलुङका १० विद्यालयका २० जना शिक्षक उपस्थित थिए ।
सहज वातावरणमा शिक्षक र विद्यार्थी बिच छलफल गर्न, किशोर किशोरीको उमेरगत अधिकार सुनिश्चित गर्न, १० देखि १९ वर्ष किशोर किशोरीलाई दुर्घटना र अभिभावक जनचेतना लागि जनचेतना फैलाउन वातावरण निर्माणको लागि उक्त तालिमको आयोजना गरिएको थियो ।
इको हिमाल प्रशिक्षक बिन्जु बरालले तालिमको सहजीकरण गरेका थिए । कार्य योजनामा ८ वटा विषयमा मुख्य अन्तरक्रिया गरिएको थियो ।
किशोर किशोरी अवस्थाका परिवर्तन र हस्तमैथुन, प्रजनन अङ्ग र तिनका कार्यहरू, महिनावारी चक्र, धारणा, किशोरीमैत्री सरसफाइ सेवा, गर्भधारण प्रक्रिया, यौन तथा प्रजनन स्वास्थ्य, यौन हिंसा, कारण, प्रकार, उमेर हद, यौनजन्य हिंसा कानुनी तथा स्वास्थ्य उपचार र बाल विवाह, माया, आकर्षण, यौन चाहना, सामाजिक दबाब विषयमा कार्ययोजनागत छलफल गरिएको थियो ।
तालिम समापन कार्यक्रममा गाउँपालिका सूर्य बहादुर कुलुङ र उपाध्यक्ष बिपना कुलुङको आतिथ्यता रहेको थियो ।

























