२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

रास्वपाको नीति तथा विचार विभाग प्रमुखमा डा. स्वर्णिम वाग्ले



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केहि केन्द्रीय विभागहरुमा जिम्मेवारी हेरफेर गरको छ ।

बुधबार बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय विभागहरुमा मनोनयन तथा जिम्मेवारी हेरफेर गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

जस अनुसार नीति तथा विचार विभाग प्रमुख, डा. स्वर्णिम वाग्ले र उपप्रमुख सन्तोष परियार बनेका छन् ।

त्यस्तै कृषि विभागको प्रमुखमा राजन गौतम र ऊर्जा तथा जलस्रोत विभागको संयोजक श्रीराम न्यौपाने बनेका छन् ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  १२ : ०१ बजे