३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

सांसद अमरेशले ‘७२ जिल्ला अन्य देशलाई लिजमा दिऊ’ भनेपछि…



काठमाडौँ । प्रतिनिधि सभामा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले दिएको अभिव्यक्ति विवादमा परेको छ ।

प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्नेक्रममा सांसद सिंहले केहि जिल्ला बाहेक देशको भाग अमेरिकालाई लिजमा दिनुपर्ने बताएपछि नेकपा एमालेका सांसदहरुले आपत्ति जनाएका थिए ।

उनले भनेका थिए- ‘नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु, यो चार पाँच जिल्ला जुन भाग्यमानी जिल्ला छन्, त्यसलाई नेपालमा राखौं, बाँकी ७२ जिल्लालाई लिजमा दिउ अर्को देशलाई, अमेरिकालाई दिउ, चीनलाई दिउ, भारतलाई दिउ, बजेट नै जादैन भने त्यो जिल्लालाई नेपालमा किन राख्ने ।’

सांसद सिंहको यो अभिव्यक्तिपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाउदै यो भनाई देशद्रोही अभिव्यक्ति भएको बताउदै कारवाहीको माग गरेका थिए । उनले यो राष्ट्रघाती अभिव्यक्ति भएको भन्दै कारवाहीको विषय भएको बताएका थिए ।

एमालेको आपत्ति पछि सभामुखले सांसद सिंहको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १२ : ५१ बजे