काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ ८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा भएको नगर सभामा मेयर दीपक कुमार रिसालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र प्राथमिकताहरु प्रस्तुत गरेका थिए ।
स्वास्थ्य, कृषि, पूर्वाधार, खानेपानी क्षेत्रमा चालु आर्थिक वर्षमा गरिएको विकास आयोजनाको वृत्तचित्र समेत प्रदर्शन गरिएको सभामा प्रतिनिधि सभा सदस्य तथा अर्थ समिति सभापति सन्तोष चालिसे लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले बोल्दै नगरको कामको प्रशंसा गरेका थिए । उनीहरुले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी कार्यान्वयनका लागि सुझाव समेत दिएका थिए ।
उपमेयर सान्ननी लामाले नगरपालिका नागरिकको पक्षमा इमानदार पूर्वक विकास निर्माणको काममा दत्तचित्त लागि परेको बताइन् ।

























