२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

कमेडी दरबारको प्रत्यक्ष छायांकन हेर्ने दर्शकको संख्या अधिक



काठमाडौँ । चर्चित कमेडी टेलिभिजन शो कमेडी दरबारको प्रत्यक्ष छायांकन हेर्न दर्शकको संख्या अत्यधिक हुने गरेको छ ।

पुतलीसडकको स्टारमलको चौथो तल्लामा रहेको कमेडी दरबारको स्टुडियोमा दर्शकहरु बिहान १२ बजे सुरु हुने सुटका लागी बिहान ९ बजेबाटै भिड लाग्ने शोकी निर्देशक श्रृद्धा प्रसाईंले जानकारी दिएकी छिन् ।

टिमले छायांकन हेर्नकालागी निशुल्क प्रवेश दिइएको हुन्छ । त्यसैले पनि दर्शकहरु सिट सुरक्षित गर्नका लागी बिहानै देखी आइपुगेका हुन्छन् ।

दर्शकले सिट नपाउँदा कतिपय दर्शक स्टुडियोको ढोकाबाटै चिहाएर हेर्ने गरेका छन् भने कतिपय बाहिरैबाट आवाज सुनेर भएपनि चित्त बुझाउने गरेका छन् ।

कमेडी दरबारको हरेक एपिसोड १ सात नपुग्दै युट्युवमा १ मिलियन भ्यु पुगेको हुन्छ । अहिलेको शोहरु मध्ये कमेडी दरबार सर्वाधिक रुचाइएको शो हो ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  २ : ४२ बजे