२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

घट्यो सुनचाँदीको मुल्य


१३ असार २०८२, शुक्रबार  

4
Shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोला २९ सयले घटेर तोलाको एक लाख ८९ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको एक लाख ९२ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको २१६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १२ : २३ बजे