२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025

सोताङमा रीडले सञ्चालन ग¥यो कार्यशाला गोष्ठि



सोलुखुम्बुको सोताङ गाउँपालिकामा रीड नेपालले ३ दिने शैक्षिक कार्यशाला गोष्ठि सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजना तथा रीड नेपालको सहकार्य तथा प्राविधिक सहयोगमा संचालित ३ दिने कार्यशालामा विविध विषयमा छलफल गरिएको छ ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले आफ्नो पहिलो प्राथमिकता सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम लागु गर्ने बताए । पालिकाको ५ वर्षे शिक्षा योजना निर्माण कार्यशालाको समापन समारोहमा अध्यक्ष बस्नेतले अभिभावकको माग सम्बोधन गर्नैपर्ने भएकोले अभिभावकको चाहना अनुसार आफुले अंग्रेजी माध्यमलाई नै उच्च प्राथमिकतामा राखेको र उक्त कार्यक्रमका लागि पालिकाको तर्फबाट सम्पूर्ण लगानी गर्न तयार रहेको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक, गाउँपालिका उपाध्यक्ष, वडाध्यक्षहरुले आफ्नो भनाई राख्दै कार्यशालामा महत्त्वपूर्ण छलफल भएको भन्दै शैक्षिक सुधारका लागि योजना महत्त्वपूर्ण हुने बताएका थिए । कार्यक्रममा रीड नेपालको तर्फबाट धन्यवाद ज्ञापन गर्दै शिक्षा विकास संयोजक केशवदेव गिरीले शिक्षा क्षेत्र योजना निर्माण गर्ने जिम्मेवारी पालिकाको नै भएता पनि त्यसलाई रीड नेपालले प्राविधिक सहयोग मात्र गरेको बताए । शिक्षा सुधारमा योजना महत्त्वपूर्ण हुने बनाउदै यस योजनाले पालिकाको शैक्षिक गुणस्तर सुधार हुने विश्वास व्यक्त गरे ।

कार्यशालाको सहजीकरण पूर्व शिक्षा सह सचिव निरा शाक्य, नेपाल सरकारका उप सचिव रेवती प्रसाद पराजुली तथा पाठ्यक्रम विज्ञ खिलनारायण श्रेष्ठ लगायत रीड नेपालका प्रशिक्षकहरुले गरे । योजना निर्माणका विभिन्न चरण पार गर्दै फाइनल ड्राफ्ट असार १० भित्र पालिकामा पेश गर्ने गरि कार्यशालाले कार्य योजना समेत तयार गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले जानकारी दिए ।

कार्यशाला गोष्ठिमा पालिका अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको कार्यापालिकामा उअपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  १ : ०३ बजे