३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

फिस टनेल र सुनामी राइड ‘ललितपुर फिस टनेल एक्स्पो २०८२’को आकर्षण


११ बैशाख २०८२, बिहिबार  

16
Shares

काठमाडौँ । ललितपुरको चिडियाखाना सँगै रहेको फुटबल ग्राउन्डमा ‘ललितपुर फिस टनेल एक्स्पो २०८२’ जारी छ । एक्स्पोमा आकर्षणको रूपमा फिस टनेल र सुनामी राइड हो ।

समुन्द्र मुनी गएरै विभिन्न प्रजातिका माछा हेरेजस्तो फिल आउने गरी फिस टनेल स्थापना गरिएको छ । सो टनेल नेपालमा पहिलो पटक ल्याइएको हो । समुन्द्रमा पाइने ६० देखि ८० प्रजातिका माछा एउटै टनेलमा हेर्न पाइने व्यवस्था मिलाइएको एक्स्पो व्यवस्थापक प्रभाकर लामिछानेले जानकारी दिए ।

त्यस्तै, सुनामी राइड पनि नेपालमा पहिलो पटक परीक्षण गरिएको छ । सामुन्द्रिक सुनामीकै अनुभूति हुने गरी राइड गर्न सकिने व्यवस्था मिलाइएको छ । यसअघि बुटवल र नेपालगन्जमा सुनामी राइड गर्नेहरूको भीड थाम्न हम्मे परेको अर्का व्यवस्थापक दीपक दाहालले बताए । ‘काठमाडौँ उपत्यकामा पहिलो पटक सञ्चालनमा ल्याइएको छ । आशा छ, मन पराइन्छ ।’ उनले भने ।

एक्स्योमा फिस टनेल, सुनामी राइडको अलवा रोटे पिङ, कोलम्बस, ड्रागन लगायतका पिङको मजा लिन सकिने छ । एक्स्पो बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुला रहने छ । एक्स्पोमा वैशाख २९ सम्म लाग्ने आयोजकले जनाएको छ ।

कला संस्कृति संरक्षण नेपाल मुख्य आयोजक रहेको ‘ललितपुर फिस टनेल एक्स्पो २०८२’लाई संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.ली.ले आयोजना गरेको हो । राजधानी अम्यूजमेन्ट राइड्स नेपालले व्यवस्थापन गरेको एक्स्पो सञ्चालनमा जाउलाखेल युवा क्लबले सहयोग गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ११ : १० बजे