३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

मणिराज र गङ्गाले ल्याए ‘सिरसिरे हावा’ (भिडियो)


२ जेष्ठ २०८२, बिहिबार  

168
Shares

काठमाडौँ । गीतकार तथा गायक मणिराज बस्नेत र गङ्गा गौतम आचार्यले मौलिक पूर्वेली भाका ‘सिरसिरे हावा’ल्याएका छन् । 

मणि इन्टरटेनमेन्ट युट्युब मार्फत सार्वजनिक गीतमा सन्तोष बिसीको गीत, सङ्गीत र गोपाल दयालको एरेन्ज रहेको छ ।

मेनुका बस्नेतको निर्माणमा तयार भएको गीतको भिडियो तुलसी घिमिरे ‘समर्पण’ले निर्देशन गरेका छन् ।

दीपक बराल र साधना बस्नेतले क्यामरा चलाएको भिडियोको सम्पादन विजय राईले गरेका छन् ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका मणिराजले यसअघि ‘दुई दिने जिन्दगानीमा’, ‘मायाको झटारो’, ‘नौलो परदेशी’, ‘मायाले सतायो’, ‘मायाले बोलाको’, ‘पोल्छ मुटु’लगायतका सृजना ल्याइसकेका छन् । उनका अधिकांश गीतलाई दर्शकले मन पराएका छन् ।

परदेशमा बसेर नेपाली सङ्गीत सृजना, निर्माण र प्रकाशनमा निरन्तर लागि परेका मणिराजले अनुज देखि अग्रज कलाकर्मीसँग सहकार्य गर्दै आएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, बिहिबार  ११ : १६ बजे