३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

महाकुलुङमा पालिका स्तरीय किशोरी सञ्जाल गठन



सोलुखुम्बु । महाकुलुङ गाउँपालिकामा १० विद्यालयका किशोरीहरू सहभागी किशोरी सञ्जाल गठन गरिएको छ । सोमबार सगरमाथा मावि परिसरमा गरिएको किशोरी अभिमुखीकरणबाट गाउँपालिका उपाध्यक्ष बिपना कुलुङको संयोजकत्वमा ११ सदस्सीय पालिका स्तरीय किशोरी सञ्जाल गठन गरिएको इको हिमालका कार्यक्रम परियोजना अधिकृत गोमा शर्माले बताए ।

किशोरी सञ्जालको अध्यक्षमा गुदेल माविकी छात्रा एनाहिता कुलुङ, सचिवमा छेस्काम माविकी छात्रा समीक्षा कुलुङ र कोषाध्यक्षमा सगरमाथा माविकी छात्रा मनिकला कुलुङ गरी ११ सदस्सीय कार्य समिति चयन गरिएको स्थानीय पत्रकार झलक राईले जानकारी दिए ।

महाकुलुङ गाउँपालिका र इको हिमालको सहकार्यमा सञ्चालित शैक्षिक परियोजना अन्तरगत सञ्जाल गठन गरिएको हो । हो । गठन कार्यमा पालिकाको सामाजिक विकास शिक्षा संयोजक तथा वडा अध्यक्ष पर्खिधन राई र निमित्त प्रशासकीय अधिकृत झमक बहादुर कटुवाल, कार्यपालिका सदस्य दौलित राईको सहभागिता रहेको थियो ।

किशोर किशोरीहरूलाई आफ्नो हकहित र अधिकारका विषयमा जागरूक गराउने, सामाजिक विकृती विसङ्गति कुरीति अन्धविश्वास लैङ्गिक विभेद सामाजिक आवाज उठाउन जागरूक गराउने, किशोर किशोरीहरूलाई विद्यालय तथा वडा गरी सहभागितामुलक योजना तर्जमा अनुगमन तथा मूल्याङ्कन सहभागिता गराउने, किशोर किशोरी मैत्री पालिकाको रूपमा पहिचान स्थापित गर्न पहल गरी सञ्जाल गठन गरिएको हो ।

सोही अवसरमा १० विद्यालयका लैङ्गिक संरक्षक शिक्षक तथा कार्यपालिका सदस्यलाई प्याड वितरण गरिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  ८ : ५३ बजे