३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

मृगौला पीडित श्रेष्ठको उपचारमा समस्या, सहयोगको लागि अपिल



काठमाडौँ । मृगौला पीडित तनहुँको घिरिङ गाउँपालिका १ कटहरेका एक नारायण श्रेष्ठको उपचारमा समस्या भएसँगै आर्थिक सहयोगको अपिल गरिएको छ ।

दुवै मृगौला फेल भएका ४२ वर्षिय श्रेष्ठले हाल हप्तामा २ पटक नियमित डायलासिस गराउदै आएका छन् । घरायासी आर्थिक अवस्था कमजोर भएकै कारण श्रेष्ठको उपचारका लागि सहयोग संकलन गरि उपचारमा सहयोगी भूमिका निर्वाहका लागि अपिल गरिएको छ ।

घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले मृगौला पीडित श्रेष्ठको सहयोगका लागि सिफारिस गरेका छन् ।

सहयोग गर्न चाहनेका लागि पीडितको मोबाइल नम्बर र मुक्तिनाथ विकास बैँकमा रहेको पीडितको खाता नं सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, बिहिबार  १२ : ०४ बजे