३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

सुन तोलामा एक हजारले बढ्यो



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १९९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  ११ : ५२ बजे